८ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा तीज गीत प्रतियोगिता हुने

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७५, मंगलवार १०:३०

लन्डन । शान्ति नेपाली समाज बेलायतले हरितालिकामा तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि १३ बुँदे आचारसंहितासमेत समाजले तयार गरेको छ । प्रतियोगितामा इच्छुकले २५ अगस्टभित्र नाम दर्ता गराई सक्नुपर्ने र प्रवेशशुल्क बाहेक प्रत्येक समूहले २० पाउन्डका दरले सहभागी दस्तुर बुझाउनुपर्ने समाजको आचारसंहितामा उल्लेख छ ।

समाजले जारी गरेको आचारसंहिताअनुसार गीत तीज बिशेषको र १० मिनेटको मात्र हूनुपर्ने छ । समय समाप्ति को जनाऊ घन्टीपछि पनि गाइरहेमा नम्मर घटाने छ । अनुशासन, पोसाक, नृत्य, हाऊभाऊ र गीतको गाम्भीर्यतालाई हेरेर नम्बर दिइने समाजले जनाएको छ ।

एक समूहमा नाच्ने, बजाऊने र गाउने गरी जम्मा १० जना मात्र हुनुपर्ने छ । अनुशासनमा १५, पोसाकमा १५, नृत्यमा १५ हाभाउमा १५ र गीतमा ४० नम्बर गरी जम्मा १०० पूर्णाअंकको प्रतिस्पर्धा हुने समाजले जनाएको छ । कार्यक्रम सेप्टेम्बर ३ तारिक हुने आयोजकले जनाएको छ । विजेताले पुरस्कारवापत के पाउने भन्ने उल्लेख गरिएको छैन ।