६ बैशाख २०८१, बिहीबार
Follow Us

करणी मुद्दाका अभियुक्त पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७५, मंगलवार १०:३९

लहान । छिमेकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा फरार रहेका एक युवकलाई ६ महिनापछि सिरहा प्रहरीले आज पक्राउ गरेको छ । अभियुक्त सिरहा नगरपालिका– ३ निवासी २३ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालार्ई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको सिरहा प्रहरीले जनाएको छ । गत साल माघ २५ गते जबर्जस्ती करणी गरी फरार भएका शर्मालाई खोजतलास गर्ने क्रममा सोमबार बिहान पक्राउ गरी आवश्यक कारवाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।