१२ बैशाख २०८१, बुधबार
Follow Us

मोदी चौथोपटक नेपाल आउँदै

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७५, मंगलवार १५:०६

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले नेपाल भारतको प्राथमिकतामा परेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी चौथोपटक नेपाल आउन लागेको जानकारी दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आउँदो भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेक सम्मेलनका लागि मोदी नेपाल आउने बताए ।

सोक्रममा प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए । भारतले तराईमा हुलाकी राजमार्ग निर्माणका लागि थप ४० करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिँदै उनले जलविद्युत् आयोजना, रेलमार्ग, विराटनगर र वीरगन्जमा थप बन्दरगाह निर्माणमा पनि भारतले सघाउने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारत र नेपालबीच ‘अम्रेला एग्रीमेन्ट’ आवश्यक रहेको भन्दै त्यसे हुनसके सिँचाइ, खानेपानी र जलविद्युत्मा सहयोग पुग्ने बताए ।