१५ चैत्र २०८०, बिहीबार
Follow Us

विष्टद्वारा आफ्नै भाई र छोराको खुकुरी प्रहार गरी हत्या

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७५, बुधबार ०४:२५

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ लोरीबाङका एक व्यक्तिले आफनै भाई र छोराको हत्या गरेका छन् । आज बिहान करिव ५ बजेतिर खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय शंकर बिष्टले आफ्नै १७ बर्षका भाई गोर्कण बिष्ट र १२ बर्षका छोरा सुर्दशन बिष्टलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै खुकुरी प्रहारबाट विष्टका छोराहरु १३ बर्षीय प्रकाश र १० बर्षीय दिनेश बिष्ट गम्भीर घाइते छन् । घाइतेको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ । हत्यामा संलग्न शंकर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।