७ बैशाख २०८१, शुक्रबार
Follow Us

रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

sarusaru
३० श्रावण २०७५, बुधबार १२:२४

बनियानी, झापा – ७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ ।

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

“एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।” उहाँका अनुसार भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ जसमा तीन जिल्लाका रेडक्रस परेका छन् । झापा रेडक्रसलाई दुई थान, चितवन र धनुषा रेडक्रसलाई एक÷एक थान एम्बुलेन्स प्रदान गरिएको सभापति ढकालले जानकारी दिनुभयो ।
रासस