१२ बैशाख २०८१, बुधबार
Follow Us

६० वर्षीया महिलालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुई किशोरी पक्राउ

sarusaru
३१ श्रावण २०७५, बिहीबार ०३:३६

नवलपरासी । ६० वर्षीया एक जेष्ठ नागरिकलाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने नवलपुरका दुईजना किशोरी पक्राउ परेका छन् ।

पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यबहार गरेको भन्दै पाल्पा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका-३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु नगरपालिका-१४ की १८ वर्षीया गीता कामुलाई पक्राउ गरेको हो ।

यही साउन १२ गते दिउँसो किशोरीहरुले ती महिलालाई बोक्सी भन्दै गाउँलेकै अगाडि सार्वजनिक रुपमा गालीगलोज गरेका थिए ।

जेष्ठ नागरिकलाई गालीगलोज र दुब्र्यवहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि घटनामा संलग्न भएका सिंजाली र कामुलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अनलाइन खबर