७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७५, बिहीबार ०५:५२

भारत । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । उनको उपचार भैरहेको भारतको राजधानी दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थान ‘एम्स’ले पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको जानकारी दिएको हो ।

अस्पतालले निकालेको विज्ञप्तीमा उनको अवस्था पछिल्लो २४ घण्टामा थप नाजुक भएको र अवस्था गम्भीर रहेको उल्लेख छ । ९३ वर्षका वाजपेयी गएको ९ हप्तादेखि एम्स अस्पतातमा उपचार भैरहेको छ । वाजपेयीमा मृगौलामा संक्रमण लगायतका समस्या देखिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार बेलुका अस्पताल पुगेर वाजपेयीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन । वाजपेयी भारतीय जनता पार्टीका संस्थापक नेता हुन । उनी तीनपटक भारतको प्रधानमन्त्री बनेका छन् ।