१३ बैशाख २०८१, बिहीबार
Follow Us

मौरीको पछि लागे फुलबारी पुगिन्छ : प्रम ओली

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७५, बिहीबार ०७:३६

काठमाडौं । सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी र ब्रजेश गुप्ता औपचारिक रुपमा नेकपामा प्रवेश गरेका छन् । बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्।

कार्यक्रममा बोल्दै ओलीले आफूले मौरीको जस्तै उडान गरेको बताए। प्रधानमन्त्री ओलीले पार्टीलाई भरोसा गरेर आबद्ध हुन आउनेहरुको अपेक्षा खस्किन नदिने पनि बताए।

कार्यालयमा त्रिपाठी र गुप्तालगायत अन्य केही नेताहरु नेकपामा औपचारिक रुपमा प्रवेश गरेका छन् । नेकपाका अध्यक्षद्द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को उपस्थितिमा उनीहरुलाई पार्टीमा भित्र्याइएको हो । गत निर्वाचनअघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका थिए ।

राजपाका तत्कालीन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनीहरुसहित अन्य पार्टीका नेताहरु समेत नेकपा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए। पार्टीमा प्रवेश गर्नेहरुलाई दाहालले अविर र ओलीले खादा लगाएर स्वागत गरेका थिए ।