१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल प्रहरीका २७ जना एसएसपीको सरुवा

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७५, बिहीबार ०८:००

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एकैसाथ सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ठूलो संख्यामा एसएसपीको सरुवा गरेको हो । मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा बसन्त लामालाई पठाएको छ । त्यसैगरी रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।

महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरीमा प्रद्युम्नकुमार कार्कीलाई पठाइएको छ । यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा रहेका विश्वराज पोखरेललाई नेपाली राजदूतावास नयाँ दिल्लीमा पठाइएको छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामा अरुणकुमार बिसीलाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायमा बोधार्थ पठाएको छ । प्रधान कार्यालयले बढुवापछि खाली भएका, पूर्ति हुन नसकेकालगायत स्थानमा एसएसपीहरुको सरुवा गरिएको जनाएको छ ।