७ बैशाख २०८१, शुक्रबार
Follow Us

सर्जक तथा गायक शिव अखेली र प्रजापतिले गरे अहिलेका युवाहरुलाई झटारो (भिडियो)

sarusaru
३१ श्रावण २०७५, बिहीबार ०८:५८

काठमाण्डौ – गायक तथा सर्जक शिव अखेलीले आफै लेखेको शब्द आफै गाएका छन् । वरिष्ठ गायक प्रजापति पराजुली ,शिव अखेली तथा प्रतिमा वि.क.को स्वरमा रहेको पात बेरेर बिँडी बोलको गीत आजमात्र गुराँस मुभिज प्रालिले बजारमा ल्याएको हो । गीतमा घरको आर्थिक अवस्थाको ख्यालै नगरी कच्चा उमेरमै कुलतमा लाग्ने युवाहरु अझ भनौ किशोर किशोरीहरुलाई झटारो हानिएको छ । प्रायः किशोरीहरुमा ट्याटु हान्ने र केटाहरुमा चुरोट खाने लत बस्ने प्रबृत्तिलाई यो गीतमा छर्लङ्ग देखाइएको छ । रमा थपलिया तथा सुरवीर पण्डितको मुख्य अभिनय रहेको सो गीतको लय भने सन्देश पौडेलले सिर्जना गरेका हुन ।