७ बैशाख २०८१, शुक्रबार
Follow Us

कर बढाउँदैमा समृद्धी आउँदैन : पौडेल

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७५, बिहीबार १३:१९

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने सरकार उल्टै निरुत्साहित गरेर हावादारी गफमा अल्झिएको आरोप लगाएको छ । काठमाडौमा बिहिबार समसामयिक अर्थ राजनीतिको समीक्षा कार्यक्रमको आयोजना गरेर कांग्रेसले प्रधानमन्त्री र मन्त्रीको हावादारी गफले समृद्धिको सपना पूरा नहुने दाबी गरेको हो ।

कर वृद्धि सहितका जनहित विपरितका काममा केन्द्रित बनेको सरकारबाट जनताले राहत नपाउने भन्दै कांग्रेस नेताहरुले सरकारको कामलाई काग्रेसले अबरोध गरेको भनेर जनतालाई भ्रममा पार्न खोजिएको बताए ।

देशको आर्थिक अवस्था धरासायी बनाएर निजी क्षेत्रलाई समेत निरुत्साहित गर्न सरकार केन्द्रित भएको कांग्रेस नेताहरुको आरोप थियो । सरकारले जनचाहना विपरित गरेका गलत कामको सशक्त प्रतिवाद गर्न काग्रेस शिर्ष नेताहरुले नेता,कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । सरकार जनताको नजरमा कमजोर भईसकेको भन्दै नेताहरुले अब कांग्रेसजनचाहना पुरा गराउने गरि जनस्तरमा जानुपर्ने धारणा राखेका थिए ।