८ बैशाख २०८१, शनिबार
Follow Us

आमाले गरिन् नौ महिने जुम्ल्याहा छोरीको निर्मम हत्या, चर्पीमा पुरिन्

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७५, बिहीबार १३:२७

ताप्लेजुङ । ताप्लेजुङमा एक महिलाले दुई छोरीको निर्मम तरिकाले हत्या गरेकी छन । पाथिभरा याङ्बरक गाउँपालिका बडा नम्बर दुई कि कमला बिकले दुई छोरीलाई चर्पिको खाल्डोमा डुवाएर हत्या गरेकी हुन ।

चर्पिको खाल्डोमा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको हो भने अर्की छोरीको शव चर्पिको खाल्डोमा फेला परेको बताइएको छ । नौ महिने जुम्ल्याहामध्ये गंगा शौचालयमा मृत फेला परेकी थिइन ।

जमूनाको भने उपचारका क्रममा गएराति झापाको मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुई शिशुलाई हत्या गरेर आमा कमला भने बेपत्ता भएकी छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । कमलाको विवाह इलामका एकजना गाडी चालकसँग भएको थियो । तर पछिल्लो समय उनी माइतमै बस्दै आएकी थिइन् ।

जुम्ल्याहा छोरी सहित कमला एक्कासी बेपत्ता भएपछि स्थानीयले खोजी शुरु गरेका थिए । सो क्रममा एक छोरी मृत र अर्की गम्भिर घाइते रुपमा खाल्डे चर्पिमा फेला परेपछि स्थानीयले उद्दार गरेर उपचारका लागि झापा पठाएका थिए ।