१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रतिस्थापन सम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट : मानवअधिकार आयोग

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७५, शुक्रबार १३:०३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू भएको मुलुकी ऐन प्रतिस्थापन सम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मुलुकी अपराध संहिता मानव अधिकारमैत्री रहेको उल्लेख गर्दै यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास व्यक्त गरेका हुन ।

उनले नयाँ कानुन सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार आएकाले यसलाई कसैले पनि विरोध गर्न नमिल्ने तर्क पनि गरे ।

मुलुकी अपराध संहिता मानव अधिकारमैत्री रहेको उल्लेख गर्दै उनले यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गरे । नेपालले पीडितलाई न्याय दिन नसकेको भनि अन्तराष्ट्रिय समुदायले गरिरहेको आलोचनाको गतिलो जवाफ पनि नयाँ कानूनले दिएको सदस्य पौडेलको भनाई छ ।