१२ बैशाख २०८१, बुधबार
Follow Us

कलंकी अण्डरपास संचालनमा आउन अझै केही दिन लाग्ने

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७५, शुक्रबार १३:०६

काठमाडौं । कोटेश्वर बल्खु कलंकी चक्रपथ सुधार आयोजना अन्तर्गत कलंकी चोकमा निर्माण गरिएको अण्डरपास सञ्चालनमा आउन थप केही दिन लाग्ने भएको छ । सडक विभागले भदौ एक गतेदेखि नै अण्डरपास सञ्चालन गर्ने घोषणा गरेपनि केही काम बाँकी नै भएकाले थप समय लाग्ने भएको हो ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको चक्रपथ विस्तार आयोजनाका अनुसार अण्डरपासमा रंगरोगन गर्ने, साइन बोर्ड राख्ने लगायतका केही प्राविधिक काम पुरा हुन बाँकी छ । केही दिनमा नै ति काम पुरा गरेर अण्डरपास सर्वसाधारणका लागि खोल्ने तयारी गरिएको आयोजनाले जानकारी दिएको छ । छ महिनाभित्र निर्माण पुरा गर्ने गरि २०७२ सालमा अण्डरपासको निर्माण शुरु भएको थियो ।

तर त्यसको डेढबर्षपछि मात्रै अण्डरपासको निर्माण पुरा हुन लागेको हो । कलंकी चोकमा निर्माण आठ सय मिटर लामो चार लेनको अण्डर पास निर्माण भएको हो । अण्डरपासले कलंकीको जाम नब्बे प्रतिशतले घटाउने विश्वास गरिएको छ ।