७ बैशाख २०८१, शुक्रबार
Follow Us

अधिकार खोसिएको पाइए ऐन सच्चाइन्छ : प्रम ओली

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७५, शुक्रबार १४:४८

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ मुलुकी ऐनमा कसैको अधिकार खोसिएको पाईए तत्काल सच्याउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजबाट लागू गरिएको नयाँ मुलुकी ऐन व्यवहारका क्रममा अपूर्ण देखिए वा अनपयुक्त लागे सच्याउने प्रतिवद्धता जनाएका हुन ।

उनले नयाँ मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढने र त्यसमा व्यवहारको क्रममा कमी कमजोरी भेटिए परिमार्जन गर्दै लगिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपाललाई अझै व्यवस्थित, अनुशासित, सुसंगत र सुसम्बन्धका साथ अघि बढाउन नयाँ मुलुकी ऐन लागू गरिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा काययमुकायम प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले इमान्दारितका साथ नयाँ मुलुकी ऐन कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।
उनले मुलुकी ऐनलाई समय सापेक्ष सुधार गरेर नयाँ मुलुकी ऐन लागू गरिएको पनि स्मरण गराए । नयाँ मुलुकी ऐनले मुलुकलाई विधिको बाटोमा अघि बढाउने विश्वास कामु प्रधानन्यायाधीसको छ ।