१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीले आज प्रदेश २ को संसदलाई संवोधन गर्ने

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०७५, शनिबार ०५:४५

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रदेश २ को संसदलाई संबोधन गर्दैछन । संबोधनका लागि प्रधानमन्त्री ओली हेलिकप्टरबाट विहान दश बजे जनकपुर पुग्ने कार्यक्रम छ । प्रदेश सभाको विशेष बैठकमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ र उद्योग मन्त्री मातृकाप्रसाद यादव पनि सहभागी हुने प्रदेश सभाको संसद सचिवालयले जानकारी दिएको छ । बैठकमा अनिवार्य सहभागी हुन प्रदेश सभाका सबै सांसदलाई निर्देशन दिइएको छ ।

प्रदेश २ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संवोधनमा असहमति जनाएको छ । प्रधानमन्त्रीले प्रदेश संसदमा संबोधन गर्ने परम्परा नरहेकाले यसले संघीयतालाई कमजोर बनाउने कांग्रेसको दाबी छ । प्रधानमन्त्री ओलीले यसअघि एक, तीन र पाँच नम्बर प्रदेश सभालाई पनि सम्वोधन गरेका थिए ।