८ बैशाख २०८१, शनिबार
Follow Us

कमल लामिछानेलाई जिताउ अभियान विश्वभर तीब्र

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०७५, शनिबार १५:४७

काठमाडौं । प्राज्ञिक क्षेत्रमा पु-याएको योगदानलाई कदर जिसिआईको शीर्ष २० मा नेपालका सहप्राध्यापक डा. कमल लामिछाने राखेको छ । विश्वभरि सञ्जाल रहेको र मानवीय क्षेत्रमा क्रियाशील जेसिआइले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पु-याएका १० उत्कृष्ट व्यक्तिलाई छनोट गरी पुरस्कृत गर्दछ । अमेरीकी पूर्वराष्ट्रपति जोन एफ केनेडीले पनि जेसीआइको यो सम्मान पाएका थिए । संयोगवश यो वर्ष पहिलोपटक नेपालबाट सहप्राध्यापक डा. लामिछाने शीर्ष २० भित्र परेका छन् । उनलाई प्राज्ञिक क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै शीर्ष २० भित्र राखिएको जेसीआईले जनाएको छ । अब तपाईं हाम्रै भोटले यो सम्मान एकजना नेपाली डा. लामिछानेले पाउने कि नपाउने भन्ने निर्धारण हुनेछ । लामिछानेलाई जिताउन संसारभर छरिएका नेपाली समुदायले अभियानलाई तीब्र रुप दिएका छन् ।
उनलाई मतदान गर्न https://toyp.jci.cc/ लिंकमा जाऊँ र अगस्ट २४ भित्र दशौं नम्बरमा रहेका लामिछानेको बारेमा लेखिएको information लाई click गरी like गरौं । निर्णायकहरूको मूल्याकंनका अलावा जसले बढि vote (like) पाउँछ ऊ नै उत्कृष्ट १० भित्र पर्दछ ।
अभियानकर्ताले आफुंले भोट गरी सकेपछि शेयर गर्न अनुरोधसमेत गरेका छन् ।