१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसंघको म्याद तीन महिना थप

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०७५, शनिबार १५:५८

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको म्याद तीन महिना थप भएको छ । नैनसिंह महर नेविसंघ अध्यक्षमा निर्वाचित भएको दुई वर्ष पूरा भएकै दिन कार्यसमितिको म्याद तीन महिना थप्ने निर्णय कांग्रेसले गरेको हो ।

नेविसंघको विधान अनुसार कार्यसमितिको कार्यकाल २ वर्षको भएपनि विशेष परिस्थितिमा ३ महिना थप्न सकिने प्रावधान छ ।यसअघि कांग्रेस नेतृत्वले नेविसंघलाई महाधिवेशन गराउने ३ महिने कार्यतालिका बुझाउन निर्देशन दिएको थियो । २०७३ साल भदौ २ गते महरले ११ औं महाधिवेशनपछि नेविसंघको अध्यक्षको रुपमा कार्यभार सम्हालेका थिए ।

सभापति देउवा निकट र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहका विचमा नेविसंघमा पटक पटक विवाद हुँदै आएको छ ।