१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वलाई ऐना देखाउने एउटा राजनीतिक निर्णय

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७३, सोमबार २१:१४

विश्व राजनीतिमा एउटा उदाहरणीय छाप छोड्दै बेलायती पूर्व प्रधानमन्त्रीले संसद् सदस्यबाट समेत राजीनामा दिएका छन् ।

बेलायतका ४९ वर्षीय पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले सबैलाई आश्चर्यचकित पार्दै बेलायतको पार्लियामेन्टट सदस्यबाट राजीनामा दिएका हुन् । दुई दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्ति संसद्को पछिल्लो सिटमा बस्दा सबैको अनावश्यक ध्यान विकर्षण हुने र नयाँ प्रधानमन्त्रीलाई असहज अनुभव हुने भएकाले उनले संसद् सदस्यको पदबाट राजीनामा दिनु उचित भएको बताए ।

इयुमा रहने नरहनेबारे भएको जनमतमा उनको विचार झिनो मतले अस्वीकृत भएपछि कसैले नमागीकनै उनले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । सुविधाजनक बहुमत र सबैको समर्थन हुँदाहुँदै नैतिक जिम्मेबारीबोध गर्दै उनले दिएको राजीनामा विश्वभर चर्चित बनेको थियो । संसद् सदस्यसमेत छाड़ेपछि उनी राजनीतिबाट अलग हुनेछन् ।

सके सबै मैं खाऊँ, नसके जति भेटिन्छ त्यति खाई रहूँ भन्ने संस्कार बोक्ने हामीलाई यस्ता समाचारले के नै पो मूल्य राख्छ र ? तैपनि केहीलाई यसले ऐना देखाउने विश्वास गर्न सकिन्छ ।