४ बैशाख २०८१, मंगलवार
Follow Us

मलामी गएका व्यक्तिको करेन्ट लागेर मृत्यु

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०७५, आईतवार १४:२८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको ब्यवस्थापकीय कमजोरीका कारण शनिबार राती एकजनाको मृत्यु भएको छ । दाहसंस्कारका क्रममा पशुपति आर्यघाट पुग्नेहरुको आश्रयका लागि बनाइएको कुसीमै करेन्ट लागेर मृत्यु भएपछि पशुपति क्षेत्र विकास कोषको वेवास्ता उदांगो पारेको मात्रै छैन, रातको समय भएको हुँदा ठूलो क्षती हुनबाट जोगिएको छ ।

टुरिस्ट गाइडको काम गर्ने मित्रपार्कका ४० वर्षीय पुष्प गन्धर्वको ज्यान लिने यो कुर्सीले यस अघि पटक–पटक परेवाको ज्यान लिदै आएको थियो । गन्धर्वको निधनपछि आक्रोशित बनेका स्थानियले पशुपति क्षेत्र विकास कोषको लापरवाहीका कारण घटना भएको भन्दै कोषको कार्यलय घेराउ मात्रै गरेनन । सडकमा नारावाजी गरेर क्षतिपुर्तिको माग सहित सदस्य सचिवको राजीनामासम्म माग गरेका छन् ।

गन्र्धवको मृत्युपछि उनको परिवारको विच्चली भएको छ । व्यवस्थापकिय कमजोरीका कारण यो घटनासँग प्रत्यक्ष रुपमा जोडिएको पशुपति क्षेत्र विकास कोषले छानविन गरेर अब जोखिम नहुनेगरि व्यवस्थापन कोषका सदस्य सचिव प्रदिप ढकाल बताउछन् ।

यो घटनाले दाह संस्कारका लागि पशुपति आर्यघाट पुग्दा ठगिने समस्यालाई समाधान गर्न नसकेको पशुपति क्षेत्र विकास कोष पाशुपत क्षेत्रको व्यवस्थापकिय जिम्मेवारीमा पनि निक्कै कमजोर छ भन्ने तथ्यलाई उजागर गरेको छ ।