१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चक्कु प्रहार गरी पूर्वराजदूत झाको हत्या

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७५, सोमबार ०६:५७

काठमाडौं । अज्ञात समूहले फ्रान्सका लागि नेपाली पूर्वराजदूत केशव झाको चक्कु प्रहार गरी हत्या गरेको छ । बबरमहलस्थित निवासमा अज्ञात समूहले गएराति पूर्व राजदूत झाको हत्या गरेको प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पूर्व राजदूत झाको हत्या भएको पुष्टि गर्नु भयो । ‘घरभित्र झाको शव फेला परेको छ । उहाँको शरिरमा चक्कुले प्रहार गरिएको छ,’ एसएसपी सिंहले भन्नु भयो, ‘कसले हत्या गरेको हो भन्ने खुल्न सकेको छैन ।’

उहाँका अनुसार बाहिरबाट ढोका लगाएको अवस्थामा घरभित्रै आज बिहान पूर्वराजदूत झाको शव फेला परेको थियो ।
परराष्ट्र सेवामा ३४ वर्ष बिताउनु भएका झा फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने पहिलो व्यक्तिसमेत हुनुहुन्छ ।