१३ बैशाख २०८१, बिहीबार
Follow Us

मलेसिया गएका वलीको मृत्यु

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार ०५:२६

सल्यान । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ । एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।
वलीको उपचारकाक्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले जानकारी दिनुभयो । वलीको शव मलेसियाकै अस्पतालमा रहेकाले उहाँले शव ल्याउनका लागि सहयोग गरिदन आग्रह गर्नुभएको छ । मृतक वलीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।