८ बैशाख २०८१, शनिबार
Follow Us

महिला संघमा सुजाता ल्याउन देउवा असहमत, चित्रलेखा यादवलाई अघि सारिने

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार ०५:४२

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालालाई नेपाल महिला संघको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकार गरेका छन् ।
कांग्रेस केन्द्रीयय सदस्या समेत रहेकी नेतृ कोइरालालाई महिला संघमा सर्वसम्मत अध्यक्ष बनाउने वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव देउवाले ठाडै अस्वीकार गरेका छन् ।
कोइरालाले नेतृत्व गर्दा महिला संघको गरिमा बढ्ने र पार्टीले सोचेजस्तो नतिजा आउने भन्दै सभापति देउवासमक्ष पौडेलले उनको नाम प्रस्ताव गरेका थिए । तर, देउवाले सम्भव नभएको भन्दै अस्वीकार गरेका हुन् ।
देउवा पक्षीय नेताहरुले सुजातालाई सर्वसम्मत अध्यक्ष बनाउनै नसकिने अडान राखेका छन् । स्रोतका अनुसार देउृवा कुनै पनि भातृ संगठनको नेतृत्व पौडेल पक्षलाई दिन तयार छैनन् । देउवा पक्षीय नेताहरुले पूर्वकोषध्यक्ष चित्रलेखा यादवलाई महिला संघमा सर्वसम्मत अध्यक्ष बनाउने लविङ थालेका छन् ।