१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७५, सोमबार १४:०७

कञ्चनपुर । कञ्चनपुरमा तेह्र बर्षकी बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् । प्रहरीले घटनाको २५ औँ दिनमा स्थानीय युवक दिलिपसिंह बिष्टलाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो ।

उनलाई सोमबार नै जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ । पक्राउ परेका बिष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । पक्राउ परेका बिष्ट यसअघि पनि विभिन्न अपराधमा जेल परेर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका दुई उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त साउन १० गते हराएकी थिईन् । भोलीपल्ट विहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । हत्यापछि दोषिलाई पक्राउ र कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गर्दै आएका थिए ।