१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन मध्य पूर्व सम्मेलनको उद्घाटन मन्त्री बीना मगरले गर्ने

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७५, सोमबार २०:०९

गैरआवासीय नेपाली संघको मध्य पूर्वको छैठौ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यही अगस्ट २३, २४ र २५ तारिकका दिन यूएईमा हुन लागेको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन ‘सुरक्षित र मर्यादित बैदेशिक रोजगारी, हाम्रो सरोकार, ज्ञान, सीप, बिप्रेषण र उद्यमशिलता समृद्धिको आधार’ भन्ने मूल नारासहित हुन लागेको हो ।

युएईको व्यापारिक शहर दुबईमा हुने सम्मेलनको उद्घाटन खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले गर्नुहुने भएको छ । साथै कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्तलगायत आइसिसी सदस्य अतिथिको रुपमा पाल्नुहुने भएको छ ।

एनआरएन यूएईको संयोजनमा दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने सम्मेलनको लागि बिभिन्न उपसमिति गठन गरि तयारी थालीएको थियो । सम्मेलनको लागि यूएईको टिम सक्रियतापूर्वक लागिपरिरहेको छ । एनआरएनको पुर्व सम्मेलन २०११ यूएईमा भएको कुरालाई ध्यानमा राख्दै त्यो भन्दा निकै प्रभावकारी बनाउने गरि तयारी भइरहेको हो ।

हरेक दुई वर्षमा एकपटक हुने भेलामा मध्यपूर्वका १२ देशहरू कतार, यूएई, बहराईन, ओमन, साउदी अरेयिबा, कुवेत, इराक, लेबनान, ईजरायल, जोर्डन, ईजिप्ट र यमनमा रहेका एनआरएनहरूको सहभागी रहनेछ । सो क्षेत्रबाट प्रतिनिधिहरु कार्यक्रममा सहभाागि हुनेछन् ।

सम्मेलनमा करिव पाँच सय हाराहारीमा पाउनाहरुको सहभागिता रहने अनुमान गरिएको एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनले खाडी क्षेत्रका विषयमा गहन छलफल गर्ने अपेक्षा गरिएको छ