१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज कालिमाटी तरकारी तथा फलफुल बजार बन्द

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७५, मंगलवार ०९:२१

काठमाडौं । नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले आज कालिमाटी तरकारी बजार बन्द गराएको छ । सरकारी अनुगमनको विरोध र पक्राउ परेका महासंघका महासचिव भरतप्रसाद खतिवडाको रिहाइको माग गर्दै व्यापारीहरु बजार बन्द गरेर आन्दोलनमा उत्र्रेका हुन ।

किसानले बजारमा बिक्रीका लागि ल्याउने तरकारीको किसान स्वयमले बील जारी गर्ने अवस्था नेपालमा नभएकाले तरकारी र बिक्री गर्ने ब्यापारीलाई नियन्त्रणमा लिने कार्य गलत भएको ब्यवसायीको भनाई छ ।

सोमबार बिहान कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले तरकारी बजार अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा तरकारीको बील नभएको अभियोगमा एकजना ट्रक चालक र आन्दोलनमा उत्रेका व्यापारीलाई पक्राउ गरिएको थियो । व्यापारीका नाममा कालिमाटी तराकारी र फलफुल बजारमा रहेका विचौलिया र पदाधिकारीको मिलोमतोमा तरकारीमा कालोबजारी हुने गरेपनि त्यसको नियन्त्रण हुन सकेको छैन ।