८ बैशाख २०८१, शनिबार
Follow Us

‘बकर इद’को अवसरमा प्रदेश २ मा भोली सार्वजनिक विदा

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७५, मंगलवार ०९:२८

काठमाडौँ । प्रदेश दुईको सरकारले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड इद उल जोहा ‘बकर इद’ को अवसरमा भोली सार्वजनिक विदा दिएको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले तीनवटा विधयेकलाई पारित गरेको छ । १५ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । मन्त्रिपरिषदले मदरसा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयक, कानून निर्माण प्रक्रिया सम्बन्धि विधेयक र प्रदेशसभा सचिव नियुक्ति सम्बन्धि विधेयक पारित गरेको हो ।