१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बोटे दराई महिलाका आयआर्जनका लागि ताल

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७५, मंगलवार १४:२५

चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह चितवनले स्थानीय बोटे दराई जातीको परम्परागत पेशालाई संरक्षण गर्ने अभियान थालेको छ । अभियान अन्तरगत ताल निर्माण गरी दराई बोटे महिलालाई सामुहिक माछापालन व्यवसाय सञ्चालन थालेको हो । स्थानीय बोटे तथा दराई जातीका महिलाहरु माछा मारेर जीवन निर्वाह गर्ने गर्छन् ।

तालकको बीचमा पर्यटक विश्राम स्थल, कफी सप बनाउन लागिएको लागिएको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराबहादुर गुरुङले बताए । उनका अनुसार दराई बोटे जातीका महिलाले यस तालमा सामुहिक माछापालन व्यवसाय गर्न सक्छन् । ‘दराई बोटे महिला सामुहिक माछापालन समुह नै बनाएर ताल निर्माण बढाएका छन्’, गुरुङले भने ।

तालको निमार्णसँगै उनीहरुको घरपरिवार चलाउनकै लागि जोखिम मोलेर जगंल जाने क्रम पनि रोकिने जनाइएको छ । कुमरोज मध्यवर्ती सामुदायिक वन ६ सय ९७ हेक्टर क्षेत्रफल ओगटेको छ । यस वनलाई सात खण्डमा विभाजन गरिएको छ । जसअन्तरगत ताल पनि एक खण्ड रहेको छ ।
– सृजना अर्याल