१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बिराटनगरका ३२ घर चुल्होमा पुग्यो वायो ग्यास

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७५, मंगलवार १४:३१

विराटनगर । गाईको गोवर प्रयोग गरी विराटनगर महानगरपालिका चौधमा एक सय बढी घरलाई पुग्ने गरी वायो ग्यास उत्पादन भएको छ । सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट उत्पादित ग्यासको प्रधानमन्त्री केपी ओलीले आज एक कार्यक्रमबीच उदघाटन गरे । उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विराटनगरबाट ग्यासका सिलिण्डर काँधमा बोकेर हिडनुपर्ने अवस्था अन्त्य भएको भन्दै मुलुक विकासको दिशातर्फ उन्मुख भएको बताए ।
वैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्रको सहयोगमा ८४ लाखमा ग्यास उत्पादन गरिएको हो । पहिलो चरणमा ग्यास ३२ वटा घरमा जडान गरिएको छ । कार्यक्रममा उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री ओलीको जनताको घरघरमा ग्यास पु-याउने सपना साकार भएको बताए ।
उद्घाटन कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि सहभागि थिए । करिब दुई हजार किलो गोवरबाट गत साउन २० गतेबाटै ग्यास उत्पादन सुरु भएको थियो । गौशालाभन्दा उत्तरतर्फ एक किलोमिटरसम्मको बस्तीमा रहेका ४८ घरमा दोस्रो चरणमा ग्यास पुरु-याउने योजना छ । ग्यास उत्पादनका लागि गौशाला क्षेत्रमा करिब ३ सय घनमिटर क्षमताको प्लान्ट जडान गरिएको छ ।