१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विप्रेषण आप्रवाहमा वृद्धि हुने राष्ट्र बैंकको अनुमान

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७५, बुधबार ०६:०६

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाको अनुरोधमा कर्जा सूचना केन्द्रबाट कालोसूचिमा परेका ऋणीहरूको संख्या बढेको पाईएको छ । केन्द्रीय बैङ्कले यसको तथ्याङ्क संकलन गरेको छ । २०७४ असारमा ५२४७ ऋणी कालोसूचिमा रहेकोमा २०७५ असारमा त्यो संख्या ६२४१ पुगेको छ । कालोसूचिका ऋणीको वृद्धिले बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा विशेष ध्यान र्पुयाउनुपर्ने देखाएको छ ।

यसैबीच, नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा वृद्धि हुने भएको छ भने देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने जनाएको छ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७४-०७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देशको राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशामा उन्मुख भएको देखाएको छ ।

अघिल्लो वर्ष ४.६ प्रतिशतले वृद्धि भएको विप्रेषण आप्रवाह समीक्षा वर्षमा ८.६ बढेर रु सात खर्ब ५५ अर्ब ६ करोड पुगेको छ । समयमै मनसुनी वर्षा भएकाले ९५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छभने धानको उत्पादन उल्लेख्य हुने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष १.५ प्रतिशतले ऋणात्मक रहेको धानको उत्पादन यो वर्ष उत्साहप्रद हु्ने विश्वास केन्द्रीय बैङ्कको छ । ४.२ प्रतिशत रहेको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्ष ४.५ प्रतिशतको तुलनामा केही कम रहे पनि २०७५ असार महिनामा विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगेको छ ।