१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मुस्लिम समुदायले आज बकर इद मनाउँदै

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७५, बुधबार ०६:११

काठमाडौं । मुस्लिम समुदायले आज ईद उल अजहा एवं बकर इद मनाउँदै छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।

बकर–इदका अवसरमा पोखराको इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु हनिफ मियाँले जानकारी दिनुभयो ।

बकर इदको अवसरमा प्रदेश ५ को सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनु भयो ।

प्रदेश अन्र्तगतका सार्वजनिक कार्यालयहरु बन्द हुने भएपनि संघीय सरकार अन्र्तगत रहेका कार्यालयहरु भने बन्द नहुने भएका छन् ।