७ बैशाख २०८१, शुक्रबार
Follow Us

अब ट्याक्सी चालकका लागि पनि ड्रेस अनिवार्य, नलगाए कारवाही

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७५, बुधबार १४:१४

काठमाडौं । काठमाडौमा भाडाका ट्याक्सी चालकहरुले अनिवार्य रुपमा ड्रेस लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले आज सुन्धरामा एक विशेष कार्यक्रमको आयोजना गरी ट्याक्सी चालकका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो ।

ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएपनि पर्याप्त ड्रेस तत्काल संभव नभएकाले एक महिनाको समय दिएको छ । एक महिना भित्र सबै ट्याक्सी चालकले ड्रेस नलगाए कारवाही गरिने बरिष्ठप्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।

कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्यरुपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुसासन देखाउन ट्याक्सी चालकहरुलाई आग्रह गरे । उनले पूर्वाधार, पार्किङ एवं माग अनुसारको ट्याक्सीको मिटर उपलब्ध गराउन सरकारको ध्यानाकषर्ण गराएका छन् ।

सरकारले ट्राफिक कार्यालयहरु र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा काठमाडौ उपत्यकासंगै देशभरका ट्याक्सी चालकलाई ड्रेस कोड अनिवार्य गर्ने भएको छ ।