८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन मध्यपूर्व भेलामा कांग्रेस नेता रमेश लेखक

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७५, बुधबार २२:३९

लन्डन । गैरआवासीय नेपाली संघको छैटौ मध्यपूर्व भेलामा प्रमुख अतिथिकारुपमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलाई प्रमुख अतिथि बनाएको छ ।

‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार : ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नाराका साथ यही अगष्ट २३ देखि २५ सम्म यूएईमा हुन लागेको एनआरएनएको क्षेत्रीय भेलामा कांग्रेस नेता रमेश लेखक समेत सहभागी हुदै छन् । उनि बुधवार यूएई उत्रिए ।
मन्त्री मगरसहित ,श्रममन्त्रालयका उपसचिव विपिन आचार्यलगायत एनआरएनएका विश्वभरका प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रममा खाडीमा रहेका नेपालीहरुको समस्या र समाधानका उपायका विषयमा छलफल हुने छ ।
भेलामा सरोकारित मन्त्रालयका मन्त्री गोकर्ण विष्ट सहभागी हुने अपेक्षा गरिए पनि केहि मेनपावर कम्पनिको दलालको दवाबमा उनि रोकिएको अनुमान गरिएको छ ।

विगतदेखिनै एनआरएनएले सरकारसँग सहकार्य गर्दै विभिन्न भेला तथा कार्यक्रम गर्दै आएको छ । यही अक्टोवरमा काठमाडौंमा हुन लागेको एनआरएनएको विज्ञ सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्दैछन् भने केही समय अगाडि यूरोपमा भएको एनआरएनएको क्षेत्रीय भेलामा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सहभागिता जनाएका थिए ।