१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सान फ्रान्सिस्कोमा नेपाली कम्युनिटी सेन्टर निर्माणकोलागि दस लाख भन्दा बढी उठ्यो

नेपालब्रिटेन डट कम
६ भाद्र २०७५, बुधबार २३:५६

सान फ्रान्सिस्को बे एरियामा  हालै सम्पन्न धार्मिक महोत्सवमा त्यहाँ निर्माण हुन लागेको नेपाली कम्युनिटी सेन्टरको लागि १० लाख भन्दा धेरै चन्दा उठेको छ। सो रकम धार्मिक महोत्सवमा सहभागी भक्तजनहरुबाट सँकल्प गरिएको हो। सो अवसरमा आ आफ्न गक्ष अनुसार दान गरेको मा सर्वाधिक  एक लाख डलर सम्म   सँकल्प प्राप्त भएको कुरा धार्मिक महोत्सवका सँयोजक तथा एन ए एन सि का वरीष्ठ उाधक्ष इश्वर सिटौलाले बताउनु भयो। अगस्त १२ देखी अगस्त १९ सम्म भएको सो  धार्मिक महोत्सवको समापन समारोहमा महा वाणिज्य दूत ॠषि ढकाल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित सैयौँ व्यक्तिहरुको उपस्थिती थियो। सो धार्मिक महोत्सव वुद्द धर्मका धर्म गुरुहरु तथा वाचन प्रविणको नामले चिनिएका   पसिद्द पुराण वाचक दिनवन्धु पोखरेलको नेत्रित्वमा सम्पन्न भएको एन ए एन सि महा सचिव प्रितेश कार्किले बताउनु भयो।  

त्यसै गरी स्टेट अफ क्यालीफोर्निया बाट अनुमती लिई र्याफल टिकट वेची कोष सँकलन गर्ने प्रयास स्वरुप सोही अपरान्ह र्याफल चिट्ठा खोलिएको छ। अत्यन्त सनसानीपूर्ण बातावरणमा खोलिएको सो चिट्ठामा टोयोटा क्याम्री कार २०१८ पाउने भाग्यमानी व्यक्ती क्यास्ट्रो भ्याली निवासी सुनिल धिताल रहेका छन भने दोश्रो पुरस्कार (हीरा को हार वा दस हजार डलर नगद) नवराज थापा र    तेश्रो पुरस्कार (रोलेक्स घडी वा पाँच हजार डलर नगद) विवेक श्रेष्ठलाई परेको छ। चौथो पुरस्कार ( सुनको सिक्का वा १२५० डलर नगद) पाउनेहरुमा सङेश श्रेष्ठ राजेन्द्र शेरचन, डिल्ली राज पौडेल तथा सन्जिव प्रधान रहेका छन। टेक्सास अस्टिन निवासी पदम थापालाई शान्तावना (नेपाल जाने आउने टिकट वा एक हजार डलर नगद) परेको छ।

नेपाली कम्युनिटी सेन्टर उत्तर क्यालिफोर्नियाको सर्वाधिक पुरानो र छाता संगठनको रुपमा मानिएको नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्निया को पहलमा यस भेगका सक्रिय संघ संस्थाहरु नेपाली जनसंपर्क समिती अमेरिका क्यालिफोर्निया, सनी सगरमाथा समाज, मदर ल्यान्ड नेपाल , द ह्वेट जोन, कृयटिभ नेपाल युथ अर्गनाजेसन, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, क्यालिफोर्निया च्याप्टर, तथा नेपाल असोसियसन अफ ग्लोबल कोअपरेसन एन ए जि सि रहेको मा हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टर, तामाङ् कोअपरेसन सोसाइटी तथा जम्मा ११ वटा संघ संस्थाहरु सह  संस्थापकको हैसियतमा कार्यरत छन।  

सो धार्मिक महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा महोत्सवका सँयोजक तथा एन ए एन सि का बरिष्ठ ऊपाधक्ष तथा बिभिन्न संघ संस्थामा आवद्द वरीष्ठ समाजसेवी इश्वर सिटौला , एन ए एन सि अध्यक्ष  रविन्द्र कुमार राइ तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष, पश्चिम अमेरिका नेपाली महा संघ का अध्यक्ष सम्मानित समाजसेवी उत्तम कार्किले वाचन प्रविण दीन वन्धु पोखरेलउदार चन्दा दाताहरु, अहोरात्र खट्ने स्वयम सेवकहरु, संस्थापक संघ संस्थाहरु तथा प्रत्यक्ष अ रुपमा स हयोग पुर्याउने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ। यसरी लामो समय देखी देखिएको कम्युनिटी सेन्टरको सपना अब पुरा हुने भएको छ।  नेपाली कम्युनिटी सेन्टरलाई हाँकेर यहाँ सम्म पुर्याउने एन सि सि अध्यक्ष उत्तम कार्किको सर्वत्र प्रसँशा भएको छ। यो सपनालाई तात्विक निषकर्षमा पुर्याउन उहाँको नेत्रित्वलाई निरन्तरता दिन पर्ने अधिकाँश सहभागीहरुको माग रहेको छ। नयाँँ नेत्रित्व आउँदा बिकासको गतोमा  अलमल हुने हुँदा हाल कार्यरत समिती नै यथावत हुन पर्ने माग सर्वत्र आएको पर्यबेक्षकहरु बताउँछन्।