७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए-सलाममा हुने

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार ०७:३५

काठमाडौं- गैर आवासिय नेपाली संघको दोश्रो क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा हुने भएको छ।

बैठक एनआरएनए तान्जानियाको आथित्यता र नेपाल दुतावाश दक्षिण अफ्रिकाको सहकार्यमा डिसेम्बर २४ -२५ ,२०१६ मा हुने भएको हो ।

बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या, नेपाल दूतावास र निकायको न्युन उपस्थितिले परी रहेको समस्या , गैरकानुनी मानव ओसारपसार , अफ्रिका राहत कोष तथा अफ्रिका र नेपालबीच पर्यटन अनुभव आदान- प्रदान लगाएत बिषयमा छलफल हुने एनआरएनका कोषाध्यक्ष हिक्मत थापाले बताए।

बैठकमा एक दर्जन भन्दा बढी अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समितीहरुको उपस्थिती रहनेछ।

बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सह्संयोजक रहेको एक आयोजक समिती गठन भएको छ।