१२ बैशाख २०८१, बुधबार
Follow Us

घरधनीलाई झुक्याएर साढे ९ लाख ठगी

sarusaru
७ भाद्र २०७५, बिहीबार ०५:२९

बागलुङ — घरधनीलाई बिदेश पठाईदिने आश्वासन दिएर दोलखाका एक युवकले बागलुङ बजारमा ठगी गरेका छन् । दोलखा घर भएपनि २ बर्षदेखि बागलुङ नगरपालिका–१ का हेमेन्द्र शर्माको घरमा डेरा लिएर बसेका अखिल कार्कीले साँढे ९ लाख रुपैयाँ ठगेका हुन् । उनले अष्ट्रेलिया पठाईदिने भन्दै घरधनीलाई उक्त रकम ठगेका थिए । बिदेश जान पाउने आशामा शर्माले कार्कीलाई बस बेचेर नगद थमाएपछि ठगिएको थाहा पाएका थिए । अष्ट्रेलियाबाट बाबुआमा आउदै छन् भनेर झुक्याएर गाडी समेत खोज्न लगाएका कार्की एकाएक भागेपछि शर्माले ठगिएको बुझेर प्रहरीमा खवर गरेका थिए । अष्ट्रेलिया जाने भन्दै कार्कीकै कुरा पत्याएर शर्माकी छोरीले कक्षा १२ को परीक्षा समेत दिईनन् । भागेका कार्कीलाई प्रहरीले पक्राउ गरेपछि सबै नाटक भएको पत्ता लागेको हो ।

ब्लु डाईमण्ड सोसाईटीमा काम गरेका कार्कीले जागिर छाडेको पनि धेरै समय भैसकेको थियो । सेनाको जागिरबाट निवृत्त भएका शर्माले २६ बर्षिय कार्कीको कुरामा विश्वास गर्दा उक्त रकम ठगिएका हुन् । केही दिन हिरासतमा रहेका कार्की नयाँ मुलकी संहिता जारी भएपछि रिहा भएका छन् । सार्वजनिक अपराधको मुद्दा नचल्ने र लेनदेनको कारोवारमा परिणत भएकोले कार्की रिहा भएका हुन् । कार्कीले भने नगद कारोवार बाहेक अष्ट्रेलिया पठाइदेला भनेर शर्माले घर भाडा नलिने, खाने, घुम्ने लगायतको खर्च समेत दिने गरेको खुलेको हो । प्रहरी हिरासतमा कार्कीले नाटक गरेको स्विकारेका छन् । ‘सबै कुरा बुझियो, तर खातामा पैसा राखिदिएको लगायतबाट लेनदेन भएको मात्र देखिन्छ’ प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले भने, ‘ठगी गरेको प्रमाण नभए सम्म पक्राउ गरेर हिरासतमा राखिरहन मिलेन । एक साता सम्म हिरासतमा राखेर सत्य बोल्न मात्र लगाइएको उनले बताए । हिरासतमा राखेर प्रहरीले सबै अनुसन्धान गर्दा कागजी प्रमाण भने भेटाउन सकेन । प्रमाण नदेखिने गरेर ठगेकोले प्रहरीलाई कारवाही चलाउन अप्ठ्यारो अधिकारीको भनाई छ । ठगी हुनका लागि लिखित रुपमा अष्ट्रेलिया पठाउछु भन्दै कागजात गरेको जस्तो देखिनुपर्ने अधिकारीको भनाई छ । पिडित शर्माले भाई सम्झेर सबै काम नगदमा गरेको बताउूछन् । गत आर्थिक बर्षमा झण्डै ५० बढी घटनामा ठगिएका उजुरी आएको प्रहरी तथ्यांक छ । तर ती उजुरी मुद्दा लाग्ने प्रकृतिमा नभएको मुद्दा शाखाका नायव निरिक्षक दामोदर भट्टराई बताउूछन् । ‘दैनिक जसो उजुरी आउूछन्, तर साथी भाई झै नगदमा कारोवार गरेका, बिषय नखुलाईकन खातामा पैसा जम्मा गरिदिएका भेटिएकोले कारवाही कमजोर भएको छ’ भट्टराईले भने, ‘करोड रुपैयाू सम्मका लेनदेनमा पनि कागजात नगरेका उदाहरण छन् ।’ पिडित भएपछि प्रहरीले बिना प्रमाण कारवाही गरिदेओस् भन्ने चाहना राख्ने बढेको उनले टिप्पणी गरे ।