१५ बैशाख २०८१, शनिबार
Follow Us

चितवनमा एक महिनामा २८ जना स्वाइन फ्लुका बिरामी

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०७५, बिहीबार ०६:०८

भरतपुर । चितवनमा इन्फ्लुयन्जा ए (एच वान एन वान) अर्थात् स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका छन् ।

‘गत साउन १ गतेबाट भदौ ४ गतेसम्म कलेजमा गरिएको १०२ नमूना परीक्षणमा २८ जनामा स्वाइन फ्लुको किटाणु देखियो’, कलेजका प्रयोगशाला प्रमुख डा. सन्जय यादवले भने ।

यो रोग लागेपछि रुघा, खोकी, ज्वरो, शरीर दुख्ने जस्ता लक्षण बिरामीमा देखिन्छन् । बिरामीको सामान्य अवस्थामा त केही हुँदैन तर पनि कतिपयलाई जटिल अवस्था भएमा निमोनिया हुँदै ‘मल्टि अर्गान फेलर’ अर्थात् शरीरका अङ्गले काम नगरेर मानिस मर्नेसम्म हुन्छ ।