४ बैशाख २०८१, मंगलवार
Follow Us

पार्टीको विश्व सञ्जाल भ्रामक मात्र : नेपाली कांग्रेस

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७५, बिहीबार १९:४४

लण्डन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको पछि पार्टीले त्यस सम्वन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी विहीवार जनसम्पर्क समितिका अध्यक्षहरुलाई एक पत्र लेख्दै विभिन्न संचार माध्यम तथा अनलाइन लगायतमा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वयन समिति गठन भएको खबरप्रति पार्टीको गम्भीर ध्यानार्कषण भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी पत्रमा उल्लेख छ ।

पत्रमा पार्टीले हालका मिति सम्म त्यस किसिमको कुनै अन्तर्राष्ट्रिय स्तरको समन्वय समिति वा विश्व संजाल गठन गर्नका लागि कसैलाई पनि अख्तियारी प्रदान नगरेको र पार्टीले पनि गठन नरेको व्यहोरा स्पष्ट पार्दै यस्ता गतिविधीबाट कुनै किसिमको भ्रममा नपर्नु हुन समेत नेपाली कांग्रेस निकट विश्वभरका जनसम्पर्क समितिहरु र आबद्ध सबैलाई जानकारी गराएको छ ।
यसअघि अमेरिका निवासी विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वयन समिति गठन भएको दावी गरिएको थियो ।


समितिको उपसभापतिमा चित्र केसी (यूएई), कञ्चन पोखरेल, नवराज शिवाकोटी छन्। अन्य पदाधिकारीमा, महामन्त्री चिन्तामणि सापकोटा, सहमहामन्त्री भूपि गोविन्द श्रेष्ठ, सहमहामन्त्री नविन आचार्य, कोषाध्यक्ष सुभाष घिमिरे रहेको दावी थियो ।

पार्टी हित विपरीत भ्रामक समिति गठन हिड्दै हिड्ने सो समूह माथिको कार्यवाहीको बारेमा भने पार्टी जारी पत्र मौन रहेको छ ।