८ बैशाख २०८१, शनिबार
Follow Us

बागलुङमा सेनाको गाडीले ठक्कर दिदा सुत्केरी महिला घाईते

sarusaru
८ भाद्र २०७५, शुक्रबार ०३:१५

बागलुङ – नेपाली सेनाको गाडीले बागलुङ बजारको सडकमा पैदल हिडिरहेकी सुत्केरी महिलालाई ठक्कर दिँदा महिला गम्भीर घाईते भएका छिन । बा २ झ ३२७८ नम्बरको सेनाको गाडीले ठक्कर दिँदा बेनी नगरपालिका–२ म्याग्दीकी मुना खडका घाईते भएकी हुन् ।
बागलुङ नगरपालिका–३ शिवधाराचोक नेपाल बैक अगाडी पैदल यात्रा गरीरहेकी खडकालाई सेनाको गाडीले ठक्कर दिएको थियो । बेनीदेखि बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा माईत हिडेकी खडकालाई सेनाको गाडीले विहिवार दिउसो गम्भिर घाईते बनाएको हो । दुई महिनाको सुत्केरी खडकालाई श्वासप्रश्वासमा समस्या देखिएको छ । उनको खुट्टा र पेटमा चोट लागेको छ ।
घाईते खडकालाई थप उपचारको लागि नेपाली सेनाले नै पोखरा लगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
रासस