१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७५, शुक्रबार ०६:१७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले बिहान ११ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीति, महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो एवं कर बृद्धि लगायतका बिषयमा छलफल हुनेछ ।

यसअघिको केन्द्रीय समिति बैठकमा महाधिवेशनलगायतको माग उठेपछि महासमिति बैठक भदौमा बोलाउने सहमति भएको थियो ।तर, भदौको पहिलोसातासम्म पनि मिति तय नभएपछि नेताहरुले असन्तुष्ट जनाएपछि सभापति देउवाले छलफलका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।