१३ बैशाख २०८१, बिहीबार
Follow Us

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७५, शुक्रबार ०६:२८

धादिङ । पृथ्बीराजमार्ग अन्र्तगत धादिङका बिभिन्न स्थानमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिकाको जुँगेखोला, भुमेस्थान, गल्छी गाउँपालिको गल्छी लगायतका आधा दर्जन बढी स्थानमा पहिरो जाँदा यातायात अबरुद्ध भएको हो । यातायात अबरुद्ध भएपछि यात्रुहरु मर्कामा परेका छन् । सडक खुलाउन स्काभेटरको प्रयोग गरिएको छ ।