१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन मध्यपुर्व सम्मेलनमा कस्ले के भने?

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७५, शुक्रबार ११:२८

दुवई (युएई)– गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रबारबाट शुरु भएको छ ।
सम्मेलनको उद्घाटन नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको वताए । ‘हरेक नेपाली युवाहरु गास र बासको लागि विदेशिन नपरोस्,’ उनले भनिन्,‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपुर्ण छ ।’

वैदेशिक रोजगारमा जाने कामदारले आफुसग नेपाल सरकारको साथमा रहेको अनुभुति हुने गरी काम भइरहेको बताइन् । ‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भनिन्,‘नेपाली कामदारको हितको पक्षमा सरकार वलियो ढंगले उभिएको छ ।’
उनले कोमामा रहेका नेपाली कामदारलाई फिर्ता लैजाने तयारी भइरहेको बताइन् । ‘परिवारले आफुले नै कोमाका विरामीलाई ल्याउन र ब्यबस्था गर्न सकेको छैन । अब कोमाको विरामीको जिम्मेवारी सरकारले लिन्छ ।’, उनले भनिन् ।

नेपाली कााग्रेसका नेता एवं पुर्व श्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगार नेपालीको लागि बाध्यात्मक अनिवार्य भएको बताउनुभयो । मुलुकमा तत्काल रोजगार सिर्जना गर्न सक्ने स्थिती नभएको र विशेश नै नजाऊ भन्ने अवस्थामा सरकार नरहेको उहााले बताउनुभयो । घरेलु कामदारका सम्बन्धमा सरकारले मध्यमार्गी बाटो पहिल्याउनुपर्ने उहााको भनाई थियो । उहााले भन्नुभयो, समस्या पर्यो भनेर रोक्ने होइन समाधानको बाटो खोज्ने हो । जटिलता, जोखिम र सम्भाबना र अबसर सबै रहेको विदेशी रेमिटयान्सकै भरमा मुलुकको ठूलो हिस्सा ओगटेको उहााको भनाई थियो ।

युवालाई रोजगारी दिएर देशको बिकास गरी मुल प्रबाहमा ल्याउने सम्भाबना तत्कालै छैन । देशभित्र पसिना बगाउनुपर्ने थियो । तर देशबाहिर गएर पसिना मात्रै होइन रगत बगाउनुपरेको छ’, उनले भने,‘यो कामलाई मर्यादीत र सुरक्षीत बनाउने बाहेक हामीसाग अर्को बिकल्प छैन । यतिधेरै जोखिम र जटिलता छ कि जति काम गर्दा पनि गरेको जस्तो देखिन्दैन । जटिलता, जोखिम र सम्भाबना र अबसर दुवै छ । विद्यमान चुनौतीलाई न्युनीकरण गरेर अवसरलाई दोहन गर्नुछ ।’

उनले विदेशमा महिला कामदार समस्यामा पर्‍यो भनेर जान रोक्नु गलत भएको बताए । ‘महिला कामदारको बिषयमा बिशेष सम्झौता गर्नुपर्छ,’ उनले भने ।
एनआरएनका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड तयार गर्ने अबधारणा ल्याएको बताउनुभयो । बल छउन्जेल विदेशमा काम गर्ने र कमजोर भएपछि देश फर्कने स्थिति रहेको भन्दै उहााले सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड बनाउन जरुरी बताउनुभयो । स्थिर सरकार बनेपछि संसारले नेपालमा लगानी गर्न वाताबरण बनेको उहााको भनाई थियो ।

संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले देशको आर्थिक समृद्दि भएमात्रै नागरीकको समृद्धि हुने बताउनुभयो । उहााले नेपालमा दक्ष जनशक्ति अभाव भएकोले विदेशमा सिकेका ज्ञान सीप नेपालमा भित्र्याउन आवश्यक रहेको बताउनुभयो । विप्रेषणबाट शिक्षा, स्वास्थ्य, निर्माण लगायतको क्षेत्रमा काम गर्न सकिने सम्भावना उहााले औल्याउनुभयो ।

गैरआवसीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछानेले बैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखेर एनआरएनले काम गर्दै आएको उहााले बताउनुभयोा । विश्वव्यापीकरणको युगमा जो जहाा पनि जान सक्ने भन्दै उहााले भन्नुभयो, सम्भाबना छ भने जहाा पनि जान सकिन्छ । नेपालले जनशक्ति नै निर्यात गर्न सक्ने हो । अहिले अदक्ष कामदार पठाइरहेको छ । त्यसलाई दक्ष वनाएर पठाउनुपर्छ’, उहााले भने,–‘अदक्षको रुपमा गएकोले धेरै समस्याहरु सिर्जना भइरहेको छ । संघको सिमितताले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ।’
युएईका कार्यबाहक राजदूत सागर फुयालले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन निकै जरुरी रहेको बताउनुभयो । ‘आबश्यक अभिमुखीकरण तालिम दिन श्रम आवासमै गइरहेको छ, उहााको भनाइ थियो ।

सम्मेलनमा कतार, साउदी अरव, बहराइन, ओमन, कुबेत लगायत मध्यपुर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा सुरक्षीत र मर्यादीत वैदेशिक रोजगारी, आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशिलता समृद्दिको लगायत बिषयमा छलफल भइरहेको छ । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले मध्यपुर्व क्षेत्रमा कार्यरत झन्डै २० लाख नेपालीको मुद्धा र सवालमाथि सम्मेलनले सम्बोधन गर्ने संयोजक आर के शर्मले बताउनुभयो । सम्मेलन युएई घोषणा पत्र जारी गर्दै शनिवार सकिनेछ ।