७ बैशाख २०८१, शुक्रबार
Follow Us

कन्चनपुरमा प्रहरीको गोली लागि एक युवकको मृत्यु, छ घाइते

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७५, शुक्रबार १३:४३

कन्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोली लागी एक युवकको मृत्यु भएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटनाको विरोधमा भएको प्रदर्शनमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । गोली लागेर १४ वर्षीय युवक चेतन भट्टको मृत्यु भएको हो । अन्य छ जना घाइते भएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले छानबिन थालेपछि केही शान्त भएपनि अपरान्हदेखि फेरी प्रदर्शन शुरु भएको थियो ।