७ बैशाख २०८१, शुक्रबार
Follow Us

तरुण दल बेलायतमा विश्व घिमिरे

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार ०८:१९

बेलायत। नेपाल तरुण दलको चौथो महाधिवेसनको पूर्व सन्ध्यामा नेपाल तरुण दल बेलायतले पनि आफ्नो दोस्रो अधिवेसन सम्पन्न गरेको छ। दलका अध्यक्ष सुरेश जमरकट्टेलको अध्यक्षतामा लन्डनमा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल बेलायतका सम्पूर्ण सदस्यहरु, सुबेच्छुक तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो।

नेपाल तरुण दलका सदस्यहरुको मात्र उपस्थितिमा भएको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचित कार्यसमितिका अध्यक्षमा निबर्तमान सचिब विश्व घिमिरे सर्बसम्मत रुपले निर्वाचित भए। त्यसैगरि आसन्न महाधिवेसनमा प्रतिनिधित्व गर्न नेपाल तरुण दलको बिधान अध्यक्ष विश्व घिमिरे सहित बद्री सापकोटा र क्षितिज कुमार चौधरीलाई सर्बसम्मत रुपले महाधिवेसन प्रतिनिधिमा चयन गरिएको जानकारी नवनिर्वाचित अध्यक्ष विश्व घिमिरेले दिएका छन्।
14348992_688473434637248_923391090_n
त्यसैगरि नवनिर्वाचित कार्यसमितिमा पदाधिकारी तथा केहि सदस्यहरु जनसम्पर्क समिति बेलायतका नेताहरु, नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधिहरु, तथा सल्लाहाकारहरुसंग परामर्श गरि मनोनित गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए। अधिवेशनले निम्नानुसारको कार्यसमिति चयन गरेको छ। अध्यक्ष विश्व घिमिरे सहित
छत्रनाथ बराल, नवराज पराजुली, पंकज प्रधान, सुमन चालिसे, श्रद्धा सुबेदी, नन्द बहादुर चौधरी र जीवन गुरुङ सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन्।