८ बैशाख २०८१, शनिबार
Follow Us

अपराधीलाई पहिचान गरि कडा कारवाही गरिने नेकपा बैठकको निर्णय

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७५, शनिबार ०८:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक बसेको सचिवालय बैठक सकिएको छ । कञ्चनपुरको घटनाबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बैठक बसेको हो । बैठकबाट निर्मला पन्त हत्याकाण्डका अपराधीलाई पहिचान गरि कडा भन्दा कडा कारवाही गर्ने निर्णय गरिएको छ । साथै अपराधीलाई संरक्षण गर्ने काम नगर्न पनि बैठकबाट अपिल गरिएको छ ।

नेकपा बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णयसमेत गरेको छ । बैठकमा नेकपाका दुबै अध्यक्ष एवं राजधानीमा उपलब्ध सचिवालय सदस्यहरु सहभागी थिए । यसैवीच प्रदेश नम्बर ७ मा पनि कञ्चनपुर गोलीकाण्डबारे छलफल गर्न सर्वदलीय बैठकको तयारी भइरहेको स्रोतले बताएको छ ।