१३ बैशाख २०८१, बिहीबार
Follow Us

अवतरण गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाजको पाङ्ग्रा ब्रस्ट

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार १०:५८

काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाण्डौं आएको नेपाल वायुसेवा निगमको जहाज अवतरण गर्ने क्रममा पाङग्रा ब्रस्ट भएको छ । अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट भएको हो ।
जहाज धावनमार्गलाई असर पर्ने गरी त्यही रोकिएको छ । धावनमार्गमा जहाज गुड्न नमिल्ने गरी निगमको एयरबस रोकिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले १२ बजेर ५० मिनेट आसपासदेखि विमानस्थल बन्द गरिदिएको छ । लुम्बिनी नाम भएको यो जहाजको यात्रु क्षमता १ सय ५८ हो । जहाजका सबै सिटमा यात्रु रहेको बताएको छ । विमानमा रहेका सबै यात्रुहरु सुरक्षित छन् । विमानमा भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रकाशशरण महत समेत हुनुहुन्थ्यो ।
दिल्लीबाट क्याप्टेन विजय लामाले उडाएर ल्याएको यो विमान निगमले ०७२ बैसाख १८ गते जर्मनबाट ल्याएको दोस्रो एयरबस हो ।