१५ बैशाख २०८१, शनिबार
Follow Us

केरलाका बाढीपीडितलाई एनआरएनए नाइजेरियाद्वारा सहयोग

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७५, आईतवार ०८:२९

लेगोस, नाइजेरिया ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाले छिमेकी राष्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई लेगोस स्थित केरला समाजलाई मुख्यमन्त्री राहत कोष, केरलामा जम्मा हुने गरि नाइजेरियन दुई लाख पचास हजार ( नेपाली रु. पचहत्तर हजार ) आज लेगोसमा एक बिशेष कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।

राष्ट्रिय समन्वय परिषद् नाइजेरियाका अध्यक्ष जनक बिष्टले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा उक्त सहयोग रकम केरला समाज नाइजेरियाका अध्यक्षलाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, अन्तर्राष्ट्रिय समन्वय परिषद् अफ्रिका क्षेत्रका क्षेत्रीय महिला उपसंयोजक मन थापा, एनसिसि नाइजेरियाका सदस्यहरु आशा श्रेष्ठ सरकार र कृति अग्रवालको उपस्थिति रहेको थियो ।