१३ बैशाख २०८१, बिहीबार
Follow Us

पोखराकी १३ वर्षीया बालिकाको हत्या : गम्भीरतापूर्वक अनुसन्धान गर्न माग

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०७५, आईतवार १४:०१

पोखरा । लामाचौरकी १३ बर्षीया बालिका पुष्पा केसीको सुनियोजित हत्या भएको भन्दै स्थानीयले गम्भिरतापूर्वक अनुसन्धान गर्न माग गरेका छन् । पोष्टमार्टम रिपोर्टले समेत बालिकाको हत्या भएको हुनसक्ने संकेत गरेकाले अनुसन्धानमा गम्भिरता देखाउनुपर्ने स्थानीयको माग छ ।

बिहीबार स्कुलवाट फर्केपछि बेपत्ता भएकी १३ बर्षिया केसी मृत अवस्थामा शुक्रबार साँझ फेला परेपछि उनको मृत्युलाई रहस्यमय रुपमा स्थानीयले लिएका हुन । लामाचौरका बासिन्दाहरुले केसीको सुनियोजित हत्या भएको दावी गरेका छन् ।

विन्ध्यवासीनि माविबटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका केसी मृत अवस्थामा फेला परेपछि स्थानीयमात्रास, आशंका र आक्रोश छ । केसी विद्यालयमा पनि सोझी विद्यार्थीको रुपमा रहेको साथीहरु बताउछन् । सामान्य बौद्धिक अपांग समेत रहेकी उनी आफ्नी वहिनीसँग विन्ध्यवासिनी माध्यमिक विद्यालयमा जाने÷आउने गर्थिन । उनको स्वाभाविकआत्महत्या गर्ने कुनै कारण नरहेको आफन्तहरुको भनाई छ ।

बालिका बलात्कार र हत्याका घटना देशभर बढिरहेको बेला पोखराको घटनाका विषयमा पनि छानविन समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ । प्रहरीले अनुसन्धानको क्रममा केहि व्यक्तीलाई लामाचौरको गोस्ते क्षेत्रवाट नियन्त्रणमा लिइएकाले केही समयमा बास्तविकता बाहिर आउने जानकारी दिएको छ ।

बिहिबार वसवाट अपरान्ह ५ वजे झरेकी केसी शुक्रबार ५ वजेर ४५ मिनटमा लामाचौरको फापरतरादेखि तल खरवारीमा मृत फेला परेकी थिइन । झोला भने लामाचौरको ढांडमा भेटिएको थियो । घरभन्दा टाढा र कपडा पनि फरक स्थानमा भेटिएपछि स्थानीयले बालिकाको हत्या भएको हुन सक्ने भन्दैगम्भिरताका साथ अनुसन्धान गर्न माग गरेका छन् ।