८ बैशाख २०८१, शनिबार
Follow Us

बल्खु तरकारी बजारमा छापा

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७५, सोमबार ०६:५८

काठमाडौं । राजधानीको बल्खुस्थित तरकारी बजारका अधिकांश पसलहरु अबैध रुपमा सञ्चालनमा रहेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले सोमबार विहान गरेको अनुगमनमा बजारका अधिकांश पसल प्यानमा दर्ता नभएको खुलेको हो ।

किसानसँग तरकारी खरिद गरेको मूल्य समेत व्यापारीले उल्लेख नगरेको पाइएपछि पहिलो चरणमा व्यवसायीलाई सचेत गराएर छाडेको छ । अनुगमनको क्रममा अवरोध गर्न खोजेको भन्दै टोलीले व्यापारी रवि शाहलाई नियन्त्रणमा लिएको छ ।

साथै विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालक मोहन बस्नेतलाई समेत छलफलका लागि बोलाएको छ ।