१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हतारोमा विधेयक ल्याउने काम नगर्न थापाको आग्रह

sarusaru
११ भाद्र २०७५, सोमबार १०:५१

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गरेका छन्।
नेता थापाले सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाडौंमा आयोजित सरोकारवालाहरुसँगको सामूहिक छलफलमा थुप्रै कुरा छुटने भएकाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि राज्यसँग लगानी गर्ने क्षमता कति छ भनि विश्लेषण गर्न पनि सरकारलाई सचेत गराए। सरकारले ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकमा कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क गर्ने प्रावधान राखिएको छ। नेता थापाले बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्ने काम सरकारले गर्न नहुने पनि स्पष्ट पारे।

काँग्रेस नेता थापाले सार्वजनिक शिक्षालाई सुधार गर्दै अघि बढाउने नीति लिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। सार्वजनिक शिक्षालाई बलियो बनाएर मात्रै सबै नागरिकलाई निःशुल्क शिक्षा दिने व्यवस्थालाई सरकारले लागू गराउन सक्ने नेता थापाको तर्क छ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका थापाले शिक्षालाई संवैधानिक व्यवस्था अनुसार मौलिक हकको रुपमा स्थापित गराउन व्यापक छलफलको आवश्यक्ता पनि औंल्याए।
डिसी नेपाल